काठमाडौंबाट पेन्सन बुझ्ने भरतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ ।
यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ ।
यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै पाएका छैनौं’ पूर्वगोर्खा भारतीय सैनिक भरत थापा भन्छन्, ‘यसले गर्दा कसैलाई बैकले किस्ता र छोराछोरीको फी तिर्न, कसैलाई नियमित औषधोपचार गर्नसमेत समस्या छ ।
कतिले त डेरा भाडा नै तिर्न नसक्ने अस्था छ। क्याम्पका भारतीय अधिकिारीले भारत सरकारको नयाँ व्ययवस्था अनुसार पेन्सन वितरण हुन लागको छ ।
‘अब हमी नयाँ व्यवस्थामा जादैँछौं जसअनुसार पेन्सन एकै पटक भुक्तानी हुनेछ र तीन–तीन महिनामा हुनेछ,’ काठमाडांै क्याम्पका प्रमुख समेत रहेका भारतीय दुतावासका सुरक्षा सल्लाहकार अविनेश चाम्बियलले भने, ‘अर्को फेरिएको नीति के छ भने हामी अब कसैलाई नगद पैैसा दिँदैनौं, सबैको पेन्सन सम्बन्धित बैक खातौ पठाइदिन्छौं । ’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ भदौ २०७५, ०७ : ४२
लेखकबाट थप