काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलियाको पर्थतर्फ प्रस्थान गर्ने भएका छन् ।
अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा संयुक्तरुपमा आयोजना हुने सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यही माघ २७ गते 'स्थिर र दिगो हिन्द महासागरतर्फ' विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा रहँदा उनले अस्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । साथै उनले सम्मेलनमा सहभागी मित्र राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट गर्ने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका पर्थबाट मन्त्री साउद न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय बैठकका लागि आगामी फागुन २ गते वेलिङ्टन जानेछन् । उक्त बैठकअघि दुवै देशका परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूबिच दोस्रो परामर्श बैठक हुनेछ । मन्त्री साउद फागुन ३ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ माघ २०८०, ०८ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई परराष्ट्रमन्त्रीको आग्रह
प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिमा बोलाउन माग
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कँदै मन्त्री राणा
बिआरआई सम्झौतामा ऋण लिने भनेर कतै लेखिएको छैन : परराष्ट्रमन्त्री
भुटानी राजा काठमाडौंमा, परराष्ट्रमन्त्रीद्वारा विमानस्थलमा स्वागत
परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कदै