काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) ले कोशी प्रदेश नामकरणलाई नमान्ने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको पाचौं पूर्ण बैठकले गत वर्ष फागुनमा प्रदेश सभाले गरेको नामकरण गलत भएको भन्दै पहिचान पक्षधरहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो ।
‘प्रदेश नं. १ को नामकरण सम्बन्धमा पुराना दलहरूले गरेको गलत निर्णयका विरुद्ध आन्दोलनरत पहिचान पक्षधर जनसमुदाय, दल एवं संगठनहरूप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता छ । साथै यो बैठक प्रदेशको नामकरण पहिचानको आधारमा हुनुपर्छ भन्ने मान्यतामा दृढता व्यक्त गर्दछ’, नेसपाको केन्द्रीय समिति बैठकको निर्णयमा उल्लेख छ ।
साथै, नेसपाले शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता व्यक्तिको छानबिन आयोगको कामलाई दलहरूबीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न समेत माग गरेको छ ।
द्वन्द्वकालीन मुद्दाहरूलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न खोजेको भन्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य जीतमान पुनलाई पक्राउ गरेकोमा पनि नेसपाले भर्त्सना गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा
वायु प्रदूषण नियन्त्रण माग गर्दै नेसपाले गर्यो प्रदर्शन
नेसपाको महिन्द्र पक्षले बोलायो आकस्मिक बैठक
नेपाल समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक बस्दै