प्रधानमन्त्री कप : आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, १३ : २४
प्रधानमन्त्री कप : आर्मीले पुलिसलाई दियो १८२ रनको लक्ष्य

काठमाडौँ । छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १८२ रन लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १८१ रन बनायो । आर्मीका लागि विवेक यादवले अर्धसतक प्रहार गरे । उनले ६३ रन बनाएर आउट भए ।

सोमपाल कामीले ३९, इम्रान शेखले २८, कुशल मल्ल १७, सन्तोष कार्की ७, भिम सार्की ५, कप्तान विनोद भण्डारी २, शाहव आलम २, जितेन्द्र मुखिया २, बसिर अहमद १ र सन्दीप रजाइली शुन्य रनमा आउट भए ।

६९ रनमा ७ विकेट गुमाएको आर्मीलाई सोमपाल र विवेकले उकासेका थिए । आठौं विकेटका लागि सोमपाल र विवेकले ५९ रनको साझेदारी गरेका थिए ।bबलिङमा पुलिसका ललित राजवंशीले र कप्तान दीपेन्द्रसिंह ऐरीले ३र३, सागर ढकाल, कुशल भुर्तेल र करण केसीले १‍र१ विकेट लिए ।

 

प्रतिक्रिया दिनुहोस