काठमाडौ । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् । उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
यसअघि सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पहिलो सेमिफाइनल बुधबार जावलाखेल र थ्रिस्टार क्लबबीच हुनेछ ।
आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीबार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ । आगामी २० गते फाइनल खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिनुभयो ।
तेइसौँ संस्करणको यस प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ माघ २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आहा रारा गोल्डकपः पहिलो सेमिफाइनमा आज थ्रीस्टार र जावलाखेल भिड्दै
आहा रारा गोल्डकपमा क्वाटरफाइनलका खेल हुँदै
आहा रारा गोल्डकप : आज त्रिभुवन आर्मी र राइजिङ स्टारबीच प्रतिस्पर्धा
डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
आहा रारा गोल्डकप : भारतीय टिम सहभागी नहुने, एपिएफ समेटियो