गोरखाको सिर्दीबासबाट १० किलो सुनसहित दुईजना पक्राउ

शनिबार, २३ भदौ २०७५, १७ : २४
गोरखाको सिर्दीबासबाट १० किलो सुनसहित दुईजना पक्राउ

गोरखा : गोरखाको सिर्दीबासबाट १० किलो सुनसहित शनिबार दुईजना पक्राउ परेका छन् ।
शनिबार दिउँसो चार बजे  सिर्दीबास प्रहरी चौकीमै नियमित चेकजाँचका क्रममा चुमनुब्री ७ छेकम्पारका नुटुप लामा लोप्चन पेम्बाको साथबाट १० किलो सुन बरामद गरेको हो।

 ‘हामी नियमित चेकजाँचमै थियौँ’ सिर्दीबास प्रहरी चौकीका प्रहरी नायब निरिक्षक तलबहादुर सेन ठकुरीले भने, ‘उनीहरूले डराएको संकेत गरे।

मैले झोला चेकजाँच गर्दा सुन भेटाएपछि उनीहरूलाई तत्कालै नियन्त्रणमा लिएर राखेको छु।’ उनीहरूलाई थप अनुसन्धानका लागि आइतबार गोरखा सदरमुकाम पठाइने सई ठकुरीले जानकारी दिए।

सिर्दीबास गोरखा सदरमुकामबाट चार दिनको पैदलयात्रा पछि पुगिने ठाउँ हो।  

प्रतिक्रिया दिनुहोस