राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

आइतबार, १४ माघ २०८०, १४ : ५६
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

 

प्रवक्ता घिमिरेका अनुसार राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा करारमा कार्यरत कम्प्युटर इन्जिनियर भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि सेवाग्राहीबाट ३४ हजार रुपैयाँ घुस लिएका थिए ।

प्रतिक्रिया दिनुहोस