संविधान संशोधन नभई सरकारमा जाँदैनौं : उपेन्द्र यादव

सोमबार, १० पुस २०७४, १८ : ४८
संविधान संशोधन नभई सरकारमा जाँदैनौं : उपेन्द्र यादव

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभई फोरम नेपाल सरकारमा सहभागी नहुने बताएका छन् ।

मधेस र मधेसी जनताको मागअनुसार संविधान संशोधन नभई हाम्रो पार्टी सरकारमा सहभागी हुने अवस्थामा नरहेको उनले बताए । फोरम नेपालका अध्यक्ष यादवले बाह्रखरीसँग भने, “संविधान संशोधन नै हाम्रो पहिलो प्राथमिकता हो ।”

उनले अब बन्ने नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने कुनै विषयमा पार्टीभित्र कुनै  निर्णय भइनसकेको स्पष्ट समेत पारे । “अब बन्ने नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने पार्टीभित्र कुनै निर्णय भएको छैन,” अध्यक्ष यादवले अगाडि भने,“माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै आधारबिना नै एमालेसँग हामी सरकारमा सहभागि हुँदैछ भनिरहनु भएको छ ।तर त्यस्तो अवस्था छैन ।”

उनले निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीसँगको भेटमा पनि आफूहरु सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा कुनै कुराकानी नभएको जिकीर समेत गरे ।

प्रतिक्रिया दिनुहोस