एजेन्सी । एथ्लेटिक बिल्बाओसँग पराजित हुँदै बार्सिलोना कोपा डेल रेबाट बाहिरिएको छ । बुधबार राति भएको क्वार्टरफाइनल खेलमा बार्सा २–४ गोलले पराजित भएको हो ।
खेलमा गोर्का गुरुजेटाले खेलको पहिलो मिनेटमा नै बिल्बाओलाई अग्रता दिलाएका थिए । तर, रोबर्ट लेवान्डोस्की र लामिन यामालले गोल गरेपछि पहिलो हाफको अन्त्यसम्ममा बार्सिलोनाले खेलमा अग्रता लियो । १६ वर्षीय यामाल प्रतियोगिताको सबैभन्दा कान्छो गोलकर्ता पनि बनेका छन् ।
दोस्रो हाफको सुरुवातमा नै बिल्बाओले ओइहान सान्चेटको गोलमा बराबरी गोल फर्कायो । त्यसपछि निर्धारित समयमा कुनै गोल हुन सकेन र खेल अतिरिक्त समयमा पुग्यो ।
अतिरिक्त समयमा इनाकी विलियम्स र निको विलियम्सले गोल गर्दै बिल्बाओलाई जीत दिलाए । खेलमा ज्याभीको टोलीले नियन्त्रण बनाए पनि विपक्षीको पोस्टमा भने बिल्बाओले निरन्तर आक्रमण गरेको थियो । टोलीले बार्साको पोस्टमा २७ पटक प्रहार गरेको थियो ।
योसँगै पछिल्ला १५ प्रतियोगितामा १० वटा उपाधि जित्ने बार्सिलोना र रियल मड्रिड नै यो सिजन प्रतियोगिताबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा
क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा