काठमाडौँ । २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आज विभागीय टिम त्रिभुवन आर्मी क्लब र राइजिङ स्टार फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो २ बजे पोखरा रङ्गशालामा हुने खेलमा दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । आहा रारा गोल्डकपमा आर्मी १५औँ पटक खेल्दैछ भने राइजिङको यो पहिलो पटक हो ।
आजको खेल जित्ने टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । उसले माघ १४ गते डिफेन्डिङ च्याम्पियन संकटा क्लबको सामना गर्नेछ । यसअघि, हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–१ गोलले हराउँदै थ्री स्टार क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । थ्री स्टारले सेमिफाइनल प्रवेशका लागि भुटानको पारो एफसीसँग खेल्नेछ ।
प्रतियोगितामा ८ ‘ए’ डिभिजन, एक विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आहा रारा गोल्डकप : उपाधिका लागि नेपाल पुलिस र ब्ल्याक बुल्स भिड्दै
आहा रारा गोल्डकप: आज दुई विदेशी टिम सेमिफाइनल प्रवेशका लागि भिड्दै
आहा रारा गोल्डकप : आज एनआरटी र त्रिभुवन आर्मी भिड्ने