काठमाडौँ । अछामको रामारोशन गाउँपालिका-५ की दुई किशोरी भालुको आक्रमणबाट घाइते भएकी छन्। स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका बेला जङ्गली भालुले आक्रमण गर्दा दुवै जना घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय १९ वर्षीया पार्वती शाह र २० वर्षीया किरण शाह रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । उनका अनुसार घाइते दुवैको शरीरका विभिन्न ठाउँमा चोट लाग्नाका साथै टाउकामा गहिरो चोट देखिएको छ ।
घाइतेमध्ये किरण अचेत अवस्थामा र पार्वती मध्यम अवस्था रहेका प्रनाउ पाठकले बताए । उनका अनुसार घाइतेलाई हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि जिल्लाबाहिरका अस्पतालमा लैजाने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० माघ २०८०, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धान दिवसको अवसरमा अछामका उत्कृष्ट किसान पुरस्कृत
अछाममा आगलागी हुँदा दुई नाबालकको मृत्यु
अछाम ट्याक्टर दुर्घटनामा ५ जनाको मृत्यु (नामसहित)
नागरिकका गुनासो सुन्न गाउँ-गाउँमा प्रशासन