काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलवार बिहान नेताद्वयबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।
झुलाघाट–चिवाभञ्याङ मध्यपहाडी यात्राका क्रममा जनताले दिएका सुझाव बुझाउन गएको बेला ओली र प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको हो ।संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई अन्तिम रूप दिनेलगायत समसामयिक विषयमा उनीहरूबीच छलफल भएको ओलीनिकट एक नेताले बताए ।
उनका अनुसार प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुंग्याउन लागेको भन्दै एमालेसँग सहयोग माग गरेका थिए ।राष्ट्रिय सभामा एमालेलाई भागबन्डा दिनेबारे गठबन्धनमा सहमति जुट्न नसकेपछि नेताद्वबीच भेट भएको थिएन । त्यसअघि एमालेको तर्फबाट ओलीले प्रचण्डलाइ ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ माघ २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी
प्रधानमन्त्रीद्वारा पुल्चोक-गोन्द्राङ-६ लेन सडकको उद्घाटन, देश विकासमा पूर्वाग्रह नराख्न आग्रह
सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज चितवन जाँदै
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन: प्रधानमन्त्री ओली
उपलब्धिहरूलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अघि बढौँ: प्रधानमन्त्री