काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।
न्यायाधीशहरू ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले उनको नियुक्ति तत्कालका लागि कार्यान्वयन नगर्न आइतबार अन्तरिम आदेश जारी गरेको हो ।
योग्यता र मापदण्ड नपुगेको व्यक्तिलाई नियुक्त गरिएको भन्दै भरत मरासिनीले २६ पुसमा कार्यकारी निर्देशक पुन विरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए । गत ४ पुसमा पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
कोषको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ माघ २०८०, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्यायाधीशको निधनमा उच्च अदालत पाटन र मातहतमा आज शोक बिदा
उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन
सन्दीपलाई उच्च अदालत पाटनको सफाई
पर्यटन बोर्ड सीईओ छनोट कार्य तत्काल नगर्न अदालतको आदेश
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतले गर्यो ‘झझी’ आदेश