अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

सफल खबर संवाददाता

आइतबार, ०७ माघ २०८०, २० : ०२
अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  १५ वर्ष पुरानो एक हत्याको घटनामा जिल्ला अदालत सुर्खेतले सो पुर्जी जारी गरेको हो । 

प्रहरीले खनुमती मागेपछि कालीकोटका राजबहादुर मल्लको हत्या आरोपमा जाहेरी परेपछि जिल्ला अदालतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस