धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवमाथि भौतिक आक्रमण भएको छ ।
जनकपुरधाम प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत स्थानीयको स्वास्थ्य अवस्था बुझी आफ्नो निवास फर्कने क्रममा करिब शुक्रबार १२ः४५ बजे सात आठजनाको संख्यामा आएको अज्ञात समुहले यादवमाथि आक्रमण गरेको हो।
सो घटनाको बिरोध गर्दै मुखियापट्टी मुसहरनियाँ गाउँपालिका, जसपाको धनुषा जिल्ला समितिलगायतले विज्ञप्ति निकाल्दै दोषीमाथि कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ माघ २०८०, २० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खानेपानी मन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण
स्वास्थ्य मन्त्री यादव जेनेभा जाँदै
स्वास्थ्यमन्त्री यादवको वीर अस्पतालमा छड्के