ओखलढुंगा । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सत्ता गठबन्धनमा अझै केही दशक नटुट्ने दाबी गरेका छन् । राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट गठबन्धनको उम्मेदवार रहेका सिटौलाले गठबन्धन लामो जाने बताएका हुन् ।
स्थानीय तहका जनप्रतिनिधिसँग प्रत्यक्ष भेटेरै मत माग्ने क्रममा ओखलढुंगा आइपुगेका सिटौलाले जनताको लागि बनेको गठबन्धन २०८४ को निर्वाचनमा पनि कायमै रहने र यो केही दशक नटुट्ने बताए ।
सिटौलाले भने, ‘यो गठबन्धन नेताका लागि होइन जनताका लागि बनेको हो । केपी ओलीबाट संविधानविपरीत भएका गतिविधिलाई निस्तेज गर्न बनेको गठबन्धन अर्को चुनावमा पनि रहन्छ । यो गठबन्धनको भविष्य छैन । आलोपालोमा कुरा मिल्दैन भनेर टिप्पणी गर्नेलाई म यहीँबाट जवाफ दिन चाहन्छु, हाम्रो सहयात्रा यो पाँच वर्ष होइन दशौँ वर्ष कायम रहन्छ ।
अबका केही चुनावमा निरन्तर गठबन्धन हुन्छ । सिटौला र चम्पा कार्की गठबन्धनका साझा उम्मेदवार छन् । उनीहरू प्रत्येक जिल्ला जाने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ माघ २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन आदेश