काठमाडौँ। पूर्वगृहमन्त्री रवि लामिछानेमाथि मानव अधिकारको उल्लंघन नगर्न नगराउन जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।
कास्की अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजालासले मानव अधिकारको उल्लंघनका कार्य नगर्न आदेश दिएको हो ।बिहीबार म्याद थप वहसका क्रममा विषय उठेपछि न्यायाधिशले उक्त आदेश दिएको अदालतले जनाएको छ ।
सोही इजलासले रविमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको छ । रास्वपाले रविलाई चितवनबाट मध्यरातमा पोखरा ल्याएर प्रहरीले मानव अधिकार उल्लंघन गरेको आरोप लगाएको थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ मंसिर २०८१, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो गठबन्धन केही दशकसम्मै नटुट्ने सिटौलाको दाबी