कटारी । उदयपुरको कटारी नगरपालिका–३ राजावासमा रहेको फोहर विसर्जनस्थल (डम्पिङसाइट)मा फालिएको फोहरमा नवजात शिशुको शव फेला परेको छ ।
फोहर संकलन गरी फोहर छुट्याउने क्रममा कामदारले फोहरसँगै फालिएको फोहर कपडाभित्र शिशुको शव देखेको वडासदस्य पष्पु खाँले बताए । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको स्थानीय देव ढुङ्गेलले बताए ।
वडासदस्य खाँका अनुसार आजै बिहान कटारी बजार क्षेत्रबाट नगरपालिकाको ट्रयाक्टरले संकलन गरी लगेर फालेको फोहरमा शव भेटिएको हो ।
शवलाई प्रहरीले कटारी अस्पतालमा लगेर राखेको छ । ‘आजै उठाइएको फोहरमा शव रहेछ’, वडासदस्य खाँले भने, ‘नगरपालिकाको ट्रयाक्टरमा शवलाई अस्पताल ल्याइएको छ ।’ इलाका प्रहरी कार्यालय कटारीले शव भेटिएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जनाएको छ । महिना पुगिसकेको जस्तो देखिने कपाललगायतका अङ्ग बनिसकेको मृत नवजात शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ माघ २०८०, १९ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो
ललितपुरको च्यासल मैदान नजिकै शिशुको शव
केएमसीमा ४२ दिनको शिशुको हर्नियाको सफलतापूर्वक शल्यक्रिया
एचआइभी सङ्क्रमितको शल्यक्रियामार्फत शिशु
चिसो सुरु हुँदै : चिसोमा नवजात शिशुलाई कसरी बचाउँने ?
भरतपुर अस्पतालमा बडादशैंकै दिन जन्मिए २० शिशु