काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको लागि पहुँच योग्य सडक संरचना बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुनमा उल्लेख भए अनुसार अपांगता भएका व्यक्तिहरूको लागि पहुँच योग्य सडक संरचना नभएको र भएको संरचनाले पनि हिँड्डुल गर्न सहज नभएको भन्दै विक्रम पोखरेल, रोशनी अधिकारी, विशाल भट्ट र सुशान्त बिडारीले रिट दर्ता गरेका हुन् । उनीहरू कानुनका विद्यार्थी हुन् ।
सरकार र सरोकारवाला निकायले कानुनी व्यवस्थाको खिल्ली उडाइ सडक संरचना निर्माण गरेको र उक्त गैरकानुनी तवरबाट बनाइएको भौतिक संरचना तत्काल हटाई पहुँचयोग्य निर्माण आवश्यक भएकोले उत्प्रेषण, परमादेशसहितको आदेश माग गरेको रिट दर्ता गर्नेमध्येका विक्रम पोखरेलले बताए ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक तथा पूर्वाधार मन्त्रालय, सहरी विकास मन्त्रालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ माघ २०८०, १८ : ३७
लेखकबाट थप