काठमाडौ । मुलुकमा भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडिआई) मा सुधार आएको छ य।
लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । चालुु आर्थिक वर्षको सुरुवातदेखि लगानी प्रतिबद्धतासँगै भित्रिने रकम बढ्दै गएको हो ।
नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि मङ्सिर महिनासम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ ।
गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ६५ करोडले धनात्मक रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो लगानी एक अर्ब ४० करोड ऋणात्मक थियो ।
लाभांश र रोयल्टीबापत बाहिरिएको रकम बढी भएको अवस्थामा खुद प्रत्यक्ष वैदेशिक लगानी ऋणात्मक देखिएको खबर गोरखापत्रमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०१ माघ २०८०, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको २१ करोड लगानी गर्ने
लुम्बिनीमा खुलेर लगानी गर्न मुख्यमन्त्री आचार्यको अपिल
सिद्वार्थ बैंक र एनबीआईबीच विद्युतीय सवारीमा लगानी सम्झौता
बढ्यो विदेशी लगानी प्रतिबद्धता, कुन महिनामा कति ?