काठमाडौ । अध्ययन र भ्रमणका लागि पाँच महिना मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।
अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोही अवधिमा ८४ अर्ब रुपियाँ बाहिरिएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्षको पाँच महिनामा अध्ययन र भ्रमणका लागि मात्र थप ३९ अर्ब रुपियाँ बाहिरिएको छ ।
श्रम तथा अध्ययनका लागि बिदेसिनेको सङ्ख्या बढ्दा यसबापत बाहिरिने रकम पनि बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्छ । साउनदेखि मङ्सिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपियाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपियाँ बाहिरिएको थियो । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ पुस २०८०, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनले गर्यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा
प्रधानमन्त्री ओलीसँग ४० सदस्यीय सरकारी टोली चीन जाने
अमेरिकी विशेष दूत काठमाडौँमा
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत
२०२३ की मिस युनिभर्स पलासिओस नेपालमा
ओमानका विदेशमन्त्री नेपाल आउँदै