२०२३ की मिस युनिभर्स पलासिओस नेपालमा

सफल खबर संवाददाता

विहीबार, १३ भदौ २०८१, १२ : ५५
२०२३ की मिस युनिभर्स पलासिओस नेपालमा

काठमाडौं। सन् २०२३ की मिस यूनिभर्स बनेकी निकारागुवाकी सुन्दरी शेय्निस पलासिओस नेपाल भ्रमणमा आएकी छन् । बिहीवार बिहान उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् ।केही दिनका लागि नेपाल भ्रमणमा आएकी २३ वर्षीया पलासिओस मानसिक स्वास्थ्य विज्ञ पनि हुन् । 

 

सामाजिक सेवामा समेत हात हालेकी पलासिओस नेपालमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् । गत वर्ष सम्पन्न मिस युनिभर्स प्रतियोगितामा नेपालका तर्फबाट भाग लिएकी दिपिका गारेट अन्तिम २० बाट बाहिरिएकी थिइन् । 

एल–साल्भाडोरमा आयोजित प्रतियोगितामा ९० भन्दा बढी मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस