काठमाडौं। ढाका– बङ्गलादेश अवामी लीग पार्टीकी नेतृ शेख हसिनालाई बुधवार नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेतृ शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
उनको यो लगातार चौथो कार्यकाल हो । आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले उनलाई नयाँ सरकार गठनका लागि निमन्त्रणासमेत दिएको क्याबिनेट डिभिजनले राजपत्रमा सूचना जारी गरी जानकारी गराएको छ ।
आइतवार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले विजय हासिल गरेपछि उनले पार्टीका अन्य सांसद्सहित बुधवार सांसद् पदको सपथ लिएकी थिइन् ।
निर्वाचन आयोगले मङ्गलवार अपराह्न प्रकाशित गरेको राजपत्रमा प्रकाशित सूचनाअनुसार हसिना नेतृत्वको आवामी लीगले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको छ भने उनको नेतृत्वको गठबन्धनले २२५ सिट जितेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेख हसिनालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिन भारतसँग बंगलादेशको अनुरोध
शेख हसिनालाई सुपुर्दगी गर्ने बारे भारतले के भन्यो ?
'भारतबाट शेख हसिनालाई फर्काउनु सरकारको प्राथमिकता'
बंगलादेशमा हसिनाको भडकाऊ भाषणको प्रसारणमा प्रतिबन्ध
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
हसिनाविरुद्ध थप दुईसहित अहिलेसम्म ९४ मुद्धा दर्ता