काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छोड्दै अर्को विभागीय क्लब एपीएफबाट खेल्ने भएका छन् । रोहितले केही वर्ष यता आर्मीबाट खेल्दै आए पनि केही दिन अघि मात्रै आर्मी छाडेर एपीएफमा आबद्ध भएको आर्मीका क्रिकेट प्रशिक्षक चन्द्र सावदले जानकारी दिए । उनले सन् २०१८ मा एपीएफबाट खेल्दै प्रधानमन्त्री कपको उपाधि जितेका थिए ।
‘रोहितले केही दिनअघि नै आर्मी छोडेर एपीएफमा आवद्ध भएका हुन्,’ सावदले भने, ‘उनले आगामी प्रधानमन्त्री कप एपीएफ क्लबबाट खेल्ने छन् ।’ रोहित हाल राष्ट्रिय टिमको कप्तान छन् । उनकै कप्तानीमा नेपालले एकदिवसीय मान्यता जोगाउनुको साथै, टी–२० विश्वकपमा छनोट भएएको र पहिलो पटक एसिया कप खेलेको थियो ।
राहितसँगै, हरि चौहान, सुशन भारी र विक्रम सोबलाइ आर्मीको टिममा देख्न पाइने छैन । हरि चौहानले केही महिनाअघि नै आर्मी छोडेका थिए भने सुशन र विक्रम सोब आर्मी छोडेर अष्ट्रेलिया पलायन भएका छन् ।
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता शनिबारदेखि सुरु हुँदै छ । प्रतियोगिता राउन्ड रोविन प्रणालीमा रहेर ४६ वटा खेल हुनेछन् । त्रिवि क्रिकेट मैदान, मूलपानी र भैरहवामा यो प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोहित पौडेल आबद्ध टोली फाइनलमा
रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खेल्ने
शतकपछि कप्तान रोहितले भनेः ‘टुडे वाज माई डे’