काठमाडौँ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तपस्वीका रुपमा चिनिएका रामबहादुर बम्जन पक्राउ परेकोबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्ने भएको छ ।
ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार बुधबार दिउँसो एक बजे महाराजगञ्जस्थित ब्यूरोकै कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम राखिएको छ ।
बम्जनलाई सीआईबीको टोलीले मंगलबार हात्तीगौडाबाट पक्राउ गरेको थियो । उनीविरुद्ध आनीसहित चार जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा विभिन्न जिल्लामा मुद्दा दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामबहादुर बम्जनले पाए सफाइ
रामबहादुर बम्जनलाई ३ लाख धरौटीमा छाड्ने आदेश
रामबहादुर बम्जन बाल यौन दुराचारमा दोषी ठहर