काठमाडौं। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल युनिट निरीक्षणको क्रममा हुम्लास्थित नेपाल-चीन सीमामा तैनाथ बोर्डर आउट पोष्ट हिल्सा पुगेका छन् ।
आइतवार सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गुल्म हुम्ला पुगेका महानिरीक्षक अर्यालले गुल्म र मातहत बीओपी हिल्साको निरीक्षण गरेका हुन् । साथै सो बीओपीको जिम्मेवारी क्षेत्रको बारेमा समेत उनले जानकारी लिएका थिए।
सोही दिन महानिरीक्षक अर्यालले डोल्पामा तैनाथ नं. ४६ गुल्मको समेत निरीक्षण गरेका थिए ।निरीक्षणका क्रममा उनले कार्यरत फौजलाई उच्च मनोबल लिएर हिमाल जस्तै अटल र निर्भिकताका साथ कर्तव्य पूरा गर्न समेत निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउन समितिले सरकारलाई निर्देशन दिनुपर्छ : अर्याल