काठमाडौँ । प्रतिकूल मौसमका कारण विराटनगर विमानस्थल खुल्न सकेको छैन। विराटनगर विमानस्थलकाले सोमबार बिहानबाट मौसम अनुकूल नहुँदा विमानस्थल खुल्न नसकेको जानकारी दिएको छ । आज बिहानैबाट हुस्सु लाग्दा हवाई यातायात सञ्चालनमा आउन नसकेको बताइएको छ।
प्रवक्ता भण्डारीका अनुसार हाल करिब ८ सय मिटर भिजिविलिटी रहेको र केही समयमा विमानस्थल खुल्ने सम्भावना रहेको छ। विमानस्थलमा सेवा सुचारु गर्नका लागि कम्तीमा १ हजार मिटर भिजिविलिटी हुनुपर्छ।
यससँगै एटिआर विमानका लागि भिजिविलिटी १ हजार ६ सय र जेटल विमानका लागि कम्तीमा २ हजार मिटर भिजिविलिटी हुनुपर्ने विमानस्थलले जनाएको छ । मौसम अनुकूल हुनसक्ने सम्भावना कम देखिएसँगै श्री एयरले सोमबार बिहानको पहिलो उडान तालिकामा राखेको छैन।
आज बिहानको पहिलो उडान तालिकामा नसमेटिए पनि बाँकी उडान यथावत् रहेको श्री एयरका विराटनगरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ पुस २०८०, १३ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्तरिक हवाई उडान साँझ सम्मका लागि खुल्यो
खराब मौसमका कारण आन्तरिक उडान प्रभावित