काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक सरेको छ । आज (शुक्रबार)का लागि बोलाइएको बैठक भोलि (शनिबार) बिहान बस्नेगरी सारिएको सो पार्टीका केन्द्रीय सचिव समेत रहेका केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको हो ।
‘नेताहरुको कार्यव्यस्तताका कारण आजको बैठक भोलि शनिबारलाई सारिएको हो, अरु केही कारण छैन’, श्रेष्ठको भनाइ छ । श्रेष्ठले नेताहरुको कार्यव्यस्तता भनेपनि सत्ता गठबन्धनमा राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा मिलिनसकेकाले बैठक सारिएको श्रोतको दाबी छ ।
विधानको मस्यौदाबारे केन्द्रीय कमिटीबाट पारित प्रस्ताव र राष्ट्रियसभा निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चैत २५ भित्र देशभर भण्डाफोर गर्ने एकीकृत समाजवादीको निर्णय
एकीकृत समाजवादीको पत्रकार सम्मेलन गर्दै
एकीकृत समाजवादीको कार्यालयमा तोडफोड
महायज्ञ लगाउन दलित परिवारको उठिबास लगाउनेमाथि कारवाही गर्न माग
एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने
एकीकृत समाजवादी रुपन्देही जिल्ला अधिवेशनको तयारी पूरा