काठमाडौं । मकवानपुरको हेटौंडामा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ । दुई प्रहरीसहित तीन जना घाइते भएका छन् ।
तालिमका क्रममा दौडिरहेको बेला ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा डडेलधुराको आलिताल-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वषर्ीय विनोद एडीको मृत्यु भएको हो ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-११ थानाभ्याङमा बुधबार बिहान हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
सो घटनामा प्रहरी जवानहरु नवराज सार्की र विजय खत्री तथा मोटरसाइकल चालक हेटौंडा-४ का ४१ वर्षीय लक्ष्मण लामा घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फिस्लिङमा ग्यास बुलेटको ठक्करबाट एक महिलाको मृत्यु
जवाङ खोला नजिक ट्रक र कार ठोक्किए , कार चालक घाइते
कारले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु
धनकुटामा बस र ट्याङकर ठोक्किंदा १२ जना घाइते
कारले ठक्कर दिंदा पत्रकार रोहिताको मृत्यु
चितवनको राप्तीमा ट्रक र टिपर आपसमा ठोक्किँदा चार जना घाइते