काठमाडौँ । वीर अस्पतालको खाद्यान्न कटौतीविरुद्धको रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा परेको छ । ३३ वर्ष देखि दिइँदै आएको बिरामीको खाना र खाजाको खर्च कटौती संविधानको मौलिक हकविरुद्ध रहेको दाबी गरिएको छ ।
वीर अस्पतालका बिरामीलाई खाना र खाजासहित अक्सिजनको खर्च कटौती गरिएको भन्दै अधिवक्ता पोखरेलले यही पुस १६ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाइएको छ ।
सरकारले आर्थिक वर्ष ०७९-८० मा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरेकोमा आर्थिक वर्ष ०८०-८१मा ७३ करोड एक लाख मात्र विनियोजन गरेको छ । तर, वीर अस्पतालको सर्जिकल भवन निर्माणसँगै शैया संख्या भने ४६० बाट बढाएर ९६० पुर्याइएको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार
वीर अस्पतालमा एक महिनासम्म ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क गरिने
दाँतको उपचार गराउन वीर अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड