काठमाडौं । सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र चोक बहादुर ढकाललाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोमबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् । उनी पौष १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए । सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीहरु क्रमशः कमल बानिया पिएच.डी, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधान सेनापतिको कार्यभार रथी सिग्देललाई
प्रधान सेनापतिद्वारा ५५ उप सेनानीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
प्रधान सेनापति र मंगोलियाका राजदूतबिच भेटवार्ता