विराटनगर । मोरङ्गको सुन्दरहरैचामा हात्ती मृत अवस्थामा फेला परेको छ । सुन्दरहरैचा वडा नम्बर १० मुनाल मार्गमा बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङ्गका प्रहरी प्रवक्ता रञ्जन दाहालले हात्ती मृत फेला परेको बताए ।
उनले हात्ती के भएर मरेको भनेर स्पट नभएको बताए । स्थानीय महेश आचार्यले हात्तीको देब्रे कन्चटमा चोट लागेको देखिएको बताए । १० देखि १२ वर्षको हात्ती मृत फेला परेको हो ।
उनले मृत हात्तीको पुच्छर काटिएको र दाह्रा निकाल्न खोजिएको जस्तो देखिएको बताए । उनले बिहान २ बजेतिर गोली चलेको आवाज सुनेको बताएका छन् ।कोशी प्रदेश वन वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विशाल घिमिरेले बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको बताए ।
उनका अनुसार घटना स्थलमा बनका कर्मचारीहरू पुगेका छन् । घटनाको विस्तृत विवरण आउन भने बाँकी रहेको घिमिरेले बताए । उनका अनुसार हात्तीको मृत्यु भएपछि पोष्टमार्टम गर्नु पर्ने व्यवस्था रहेको छ । पोस्टमार्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट विशेषज्ञ सहितको टोली बोलाउने तयारी भए पनि त्यहाँ तत्काल विशेषज्ञ नभएकाले चितवनसँग परामर्श भइरहेको छ । उनले चितवनबाट पोष्टमार्टमाका लागि टोली बोलाइने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ पुस २०८०, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जङ्गली हात्ती आक्रमणबाट एक जनाको मृत्यु
श्रीलंकामा रेलको ठक्करबाट ६ हात्तीको मृत्यु
कञ्चनपुरमा हात्ती मृत फेला
निजी हात्ती : पहिले रहर अहिले कहर, व्यवसायी मारमा
जंगली हात्ती गाउँमा पसेपछि स्थानीयमा त्रास
हरैंचामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु