प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

सोमबार, १० पुस २०७४, १३ : १७
प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसले मकवानपुरका पार्टी सभापति इन्द्रबहादुर बानियाँको बुबा खेमबहादुर बानियाँको निधनप्रति दुःख व्यक्त गरेको छ ।  पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बानियाँका पिता ७९ वर्षीय खेमबहादुर बानियाँको बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।

स्व बानियाँ काँग्रेसको क्रियाशील सदस्यका रहनुका साथै उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । बानियाँको निधनप्रति नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उनको शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

स्व बानियाँको आजै अपराह्न १ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारजनले जनाएको छ । काँग्रेसले स्व बानियाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।(रासस)

प्रतिक्रिया दिनुहोस