काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पनि बस्दैछ । बिहीबारबाट शुरू भएको केन्द्रीय समितिको बैठक आज पनि बसेर सकाउने तयारी भएको हो ।साढे १२ बजेलाई बोलाइएको बैठक १ बजेतिर शुरू हुने जानकारी जानकारी केन्द्रीय कार्यालयमा सचिव प्रकाश शर्माले दिए ।
‘अघिल्लो नाम लेखाउनुभएका १० जना बोल्न बाँकी हुनुहुन्छ । उहाँहरूले बोलेपछि आजै पदाधिकारीले बोल्ने र बैठक सकाउने तयारी छ’ शर्माले भने ।कांग्रेसको जारी बैठकमा सरकारमा कांग्रेस मन्त्रीको कार्यसम्पादन, राष्ट्रिय सभाको निर्वाचन, आन्तरिक संरचनासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।
अघिल्लो दुई दिन बोल्ने अधिकांश केन्द्रीय सदस्यले मन्त्रीको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै आलोचना गरेका थिए । साथै राष्ट्रिय सभामा पटक-पटक अवसर नपाएकालाई यसपटक नल्याउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
केन्द्रीय सदस्यले प्रश्न उठाएपछि अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, सहरी विकास मन्त्री सीता गुरुङ, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बूले सरकारमा प्रभावकारी काम गरेको दाबी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ पुस २०८०, १३ : ०८
लेखकबाट थप