लमजुङ। स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार रुपैयाँ प्रदान गरेका छन् ।
अक्षयकोष स्थापनार्थ शुरू गरिएको आर्थिक सहयोग अभियानमा हालसम्म सो रकम सङ्कलन भएको विद्यालयले जनाएको छ । सबैभन्दा बढी दोर्दी–८ बन्सारका खर्ब तामाङले रू तीन लाख प्रदान गरेका विद्यालयका प्रधानाध्यापक नवराज घिमिरेले जानकारी दिए ।
‘स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयको अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग अभियान शुरू गरिएको हो’, उनले भने, ‘हालसम्म दुई सय ५० भन्दा बढी यस अभियानमा जोडिनुभएको छ ।’
अक्षयकोषको रकम वृद्धिका लागि स्वर्ण महोत्सवपछि पनि आर्थिक अभियान निरन्तर सञ्चालन हुने प्रअ घिमिरले उल्लेख गरे । उक्त अक्षयकोषलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यमा खर्च गरिने जनाइएको छ । बिहीवारदेखि शुरू भएको स्वर्ण महोत्सव आज सकिने विद्यालयले जनाएको छ ।
विद्यालयले न्यून आय भएका परिवारका बालबालिकालाई छात्रवृत्ति, छात्रावास निर्माण, गाडी सुविधालगायत योजना अगाडि बढाएको छ । गुरुङ समुदायको बाहुल्य रहेको दोर्दीको ढोडेनी, फलेनी र बन्सार क्षेत्रका विद्यार्थी सो विद्यालयमा अध्ययन गर्छन् ।
दोर्दीका जनप्रतिनिधि र स्थानीवासीले विद्यालयको भौतिक संरचना निर्माणमा पहल लिएकाले अहिले सुविधासम्पन्न भवनबाट विद्यालय सञ्चालन भइरहेको विद्यालयका प्रधानाध्यापक घिमिरेले बताए । उनका अनुसार हाल विद्यालयमा दुई सय बढी विद्यार्थी अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ पुस २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयको अवस्था हरिबिजोग
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द
प्रवासी नेपालीद्वारा म्याग्दीको दुई विद्यालयलाई कम्युटर सहयोग