काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छन्। मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरूबाट जलाइनु अराजकता भएको टिप्पणी गरेकी हुन् ।
उनले घटनामा मानिसहरूको मृत्यु समेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद् भएको बताइन्। उनले यस प्रकारको अराजकतालाई कसैले पनि प्रश्रय दिनु नहुने बताइन्। उनले आफ्ना असन्तुष्टिहरू शान्तिपूर्ण राख्न पाउने सबैको अधिकार भएको भन्दै आफ्ना कुराहरू राख्ने सही बाटो यस्तो नभएको बताइन्।
उनले भनिन्, ‘भौतिक पूर्वाधार मन्त्रीको गाडी जलेको, त्यहाँ वैदेशिक रोजगारमा जानेहरूको आन्दोलन भइरहेको र त्यहाँ मन्त्रीज्यु काम विशेषले त्यो बाटो हिँड्नु हुँदा गाडी जलाइएको भन्ने सुनिएको छ। त्यसको यथार्थ विवरण आउन बाँकी छ। यथार्थ विवरण आएपछि सबै जानकारी गराउँला। तर जे घटना भयो त्यो गलत भयो। त्यो दुःखद् भयो। त्यस्तो गर्नु हुँदैन। आफ्ना असन्तुष्टिहरू, आफ्ना कुराहरू, आफ्ना विषयहरू शान्तिपूर्वक राख्न पाउने सबैलाई अधिकार छ। त्यो राख्नुपर्छ। सरकारप्रति असन्तुष्टि व्यक्त गर्न पाइन्छ। तर त्यसको आफ्नो तरिका हुन्छ । जुन ढङ्गले यो घटना घटाइयो यसमा दुःख व्यक्त गर्न चाहन्छु। यो अराजकता हो। अराजकता फैलाउने, प्रश्रय दिने काम कसैले गर्नुहुँदैन। यो गलत भएको छ। यसमा सम्बन्धित निकायले आवश्यक पहलकदमी लिने नै छ। सरकारले यसमा आवश्यक पहलकदमी लिन्छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन
कानूनअनुसार समाजलाई मान्य हुनेगरी आए कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा
सूचना प्रविधि दशकको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक : मन्त्री शर्मा
गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भयो : मन्त्री शर्मा
दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छ : मन्त्री शर्मा
सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशील : मन्त्री शर्मा