काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बदमासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी छन् । बिहीबार गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि: समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीमा बाल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतान्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी हुन् ।
उनले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताइन् । अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको उनले बताइन् । उनले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताइन् ।
उनले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धि हासिल भएको बताइन् । तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरू धेरै बनेको र विकास हुन थालेको पनि बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० जेठ २०८१, १९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन
कानूनअनुसार समाजलाई मान्य हुनेगरी आए कुनैपनि सामाजिक सञ्जालसँग आपत्ति छैन : मन्त्री शर्मा
सूचना प्रविधि दशकको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक : मन्त्री शर्मा
दूरसञ्चार पूर्वाधारको लागत कम गर्न सहप्रयोगको नीति ल्याउने तयारी छ : मन्त्री शर्मा
सूचना प्रविधिमार्फत समृद्धिको ढोका खोल्न सरकार क्रियाशील : मन्त्री शर्मा
कानून निर्माणको पूर्णतापछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ: मन्त्री शर्मा