जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने

सफल खबर संवाददाता

शुक्रबार, १३ पुस २०८०, १९ : ०८
जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, ७ देखि १० वर्ष सजाय हुनसक्ने

काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर भएका छन् । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । 

अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ ।  लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस