विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले श्रमको सम्मान गर्न सके मात्र देशको विकास हुने उल्लेख गरेका छन् । बुधबार श्रम बजार सूचना प्रणाली श्रम संसारको सुरुवात गर्दै मुख्यमन्त्री कार्कीले श्रममा ठूलो सानो नहुने बताएका हुन् ।
‘हाकिमदेखि स्वीपरसम्म सबैले आफ्नो काम गरिरहेको अवस्था छ । सबै आफ्नो ठाउँमा दक्ष हुन्छ । आफ्नो काम जानेको हुन्छ, श्रममा को ठूलो को सानो हुन्छ र ? त्यस कारण श्रमको सम्मान गर्न जरुरी रहेको छ ।’
मुख्यमन्त्री कार्कीले दक्ष जनशक्ति रोज्नका लागि श्रम संसार महत्त्वपूर्ण साबित हुने उल्लेख गरेका छन् । ‘अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाइने भएको छ,उनले भने, यसले हाम्रो श्रम बजारलाई समेत व्यवस्थित गर्दछ ।’मुख्यमन्त्री कार्कीले मानिसको आवश्यकता अनुसार श्रममा लाग्न सक्ने उल्लेख गर्दै श्रम बजार जति फैलियो त्यति विकाशले गति लिने बताए ।
श्रम सञ्चार कोशी प्रदेशको सामाजिक विकाश मन्त्रालयले स्विस कन्ट्याकका साथै आसमान नेपालसँगको सहकार्यमा सञ्चालित ‘स्टेप अप’ परियोजना हो । यस परियोजनाले सुरुवातमा कोशी प्रदेशका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिकाका साथै दुहबी नगरपालिकाले साझेदारी गरेका छन् । क्रमशः सबै पालिका समेट्ने लक्ष रहेको स्विस कन्ट्याकका प्रोजेक्ट अफिसर सागर चापागाईँले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नयाँ सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै मुख्यमन्त्री केदार कार्की
मुख्यमन्त्री कार्कीले सोधे आफ्नै प्रतिस्पर्धीलाई पुन: स्पष्टीकरण
कोशीका प्रदेश प्रमुखलाई मुख्यमन्त्रीकाे पत्र
पहाडी क्षेत्रको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की
लुक्ला–विराटनगर माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ : मुख्यमन्त्री कार्की
कारागारलाई सिकाइको केन्द्रका रुपमा लिनुपर्छ : मुख्यमन्त्री कार्की