काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधवार ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट उक्त तरलता उठाउने भएको हो ।
पुस १ गतेयता केन्द्रीय बैंकले ७० अर्ब रुपैयाँ तरलता उठाइसकेको छ । बुधवार उठाउने थप ३५ अर्बसहित यो महिना १ खर्ब ५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्नेछ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणमार्फत ३५ अर्ब रुपैयाँ १४ दिनका लागि उठाउन लागिएको हो । अनलाइन विडिङ सिस्टममार्फत बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने राष्ट्र बैंकले जनाएको छ ।
इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यहि पुस २५ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १२ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
राष्ट्र बैंकको प्रतिवेदन : आर्थिक सूचकहरु सुधारोन्मुख, मुद्रा सञ्चिति बृद्धि (पूर्णपाठसहित)
राष्ट्र बैंकले पेन्सन कोषको २४ करोड ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
एक महिनामै ६८ करोड ८९ लाखको सञ्चार उपकरण र पार्टपुर्जा भित्रियो
विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड