काठमाडौँ । काठमाडौँसहित विभिन्न स्थानबाट ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरीकाअनुसार गोकर्णेश्वर नगरपालिका-२ पाखाथोकस्थित आफ्नै जस्ताको टहरामा ३० वर्षीया सम्झना सापकोटा गएराति मृत अवस्थामा फेला परेकी छन् ।
यसैगरी महानगरपालिका-१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै संखुवासभाको भोटखोला गाउँपालिका-४ सिब्रुङ बस्ने ढक बहादुर तामाङकी छोरी १५ वर्षीया रितुमाया तामाङ सोही ठाउँस्थित छिलिम भिरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । गत बुधबार दिउँसोदेखि घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यसैबीच बर्दियाको बारबर्दिया नगरपालिका-१० स्थित तुलानाथ सामुदायिक वनमा अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । उनको सनाखत भइसकेको छैन ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ पुस २०८०, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यौन दुर्व्यवहारमा परेकी आनन्दी सदाय आफ्नै घरमा मृत भेटिइन्
बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला
पाँच दिनदेखि बेपत्ता युवक मृत फेला
प्रहरी हवल्दार मृत फेला
मृत भेटिए दक्षिण कोरियाली गायक
बर्दियामा मृत अवस्थामा पाटेबाघ फेला