काठमाडौं । सबै उच्च अदालतमा आजदेखि स्वचालित (अटोमेसन) प्रणाली सुरु गरिँदैछ। स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले गर्दैछन्।
बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्ने कार्यक्रम रहेको सर्वोच्च प्रशासनले जनाएको छ। यसअघि गोला प्रथाबाट पेशी तोकिने गरिएको थियो।
प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली लागु गराएको थियो। यो प्रणालीमा मुद्दा दर्ता भएको मिति, विपक्षीको संख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, सोही अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ।
सर्वोच्चमा ४ महिना अघि शुरु भएको प्रणालीले सकारात्मक नतिजा देखिएपछि उच्चमा लागु गर्न लागिएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ पुस २०८०, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीश राउतद्वारा उपभोक्ता अदालतको उद्घाटन
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
रवि लामिछानेको सांसद पद निलम्बनविरुद्ध अदालत जाँदै रास्वपा
रविविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ताको तयारी
म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराउँदै प्रहरी
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो