काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन हङकङ प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा उनी शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले त्यहॅा आयोजित समाजको अधिवेशनलाई सम्बोधन गर्नुका साथै हङकङमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रम रहेको छ । अध्यक्ष लिङ्देनको भ्रमण दलमा राप्रपा बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रवासी नेपाली एकता समाजका आइसिसि अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की सहभागी रहेका छन् ।
हङकङ प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टीका वरिष्ठ नेता, उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन् । अध्यक्ष लिङ्देन पुस १२ गते स्वदेश फर्कर्ने कार्यक्रम रहेको प्रवक्ता राजेन्द्र लिङ्देनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०७ पुस २०८०, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट
पूर्वराजाको आह्वानपछि राप्रपाले बोलायो कार्यसम्पादन बैठक, राणाले गरे दीप प्रज्ज्वलनको उर्दी
राप्रपाले चाँडै कार्यसम्पादन समिति बैठक राख्नुपर्छ : डा लोहनी
लिङ्देनले लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा राप्रपा बैठकमा आलोचना
राप्रपाको केन्द्रीय समिति बैठक आज पनि जारी
राप्रपाको केन्द्रीय समिति बैठक आजबाट