काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई आवश्यक कर्मचारी भर्ना गर्न अर्थ मन्त्रालयले अनुमति नदिएको गुनासो गरेका छन् । बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित मन्त्रालय र मातहतका उच्च अधिकारी सम्मिलित बैठकमा उनले प्राधिकरणका लागि आवश्यक कर्मचारी भर्ना गर्न अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाएको लामो समय भएपनि अनुमति नपाएको गुनासो गरेका हुन् ।
प्राधिकरणलाई चार हजार बराबर इलेक्ट्रिकल इञ्जिनियर आवश्यक रहेको भएपनि अनुमति नपाउँदा भर्ना गर्न नसकिएको उनको भनाइ छ । ‘बेरोजगार अवस्थामा रहेका इन्जिनियरलाई काम दिन्छु भन्दा पनि अनुमति नपाएर बस्नु परेको छ’ उनले भने, ‘तत्काल त्यसका लागि सहजीकरण गरिदिन आग्रह गर्दछु ।’
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको कार्यविधिका कारण निर्माण व्यवसायी छनोटमा समस्या देखिएको उल्लेख गरे ।बैठकमा ऊर्जा मन्त्री शक्ति बस्नेत तथा मन्त्रालयका तीन जना सचिवसहित उच्च अधिकारीहरू सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ, अहिले हेरिरहेको छु : कुलमान घिसिङ
कुलमानलाई आजको मन्त्रिपरिषदले निर्देशकबाट हटाउने तयारी
१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौँ : कुलमान घिसिङ
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ