काठमाडौं। भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी बिहीवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगले मालपोत कार्यालय सिमराका प्रमुख (नायब सुब्बा) मदनप्रसाद गुप्ता, लेखापाल युगलकिशोर ठाकुर र नायब सुब्बा शत्रुधन राउतविरुद्ध ४ करोड ५८ लाख ७१ हजार २० रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।
तर विशेषले उक्त मुद्दामा दाबी नपुग्ने भन्दै उनीहरूलाई सफाइ दिएको थियो ।विशेषको सो फैसला चित्त नबुझी बिहीवार सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
मालपोतका प्रमुख गुप्ता, लेखापाल ठाकुर र नायब सुब्बा राउतले आर्थिक वर्ष २०७५/०७६ को फागुनमा संकलित रकम कार्यालयको खातामा दाखिला नगरी हिनामिना गरेको आयोगको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १६ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
६ महिना नाघेका कुनै मुद्दा बाँकी छैन : विशेष अदालत
नापी कार्यालयका सर्वेक्षक तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
विकल पौडेल दोस्रो पटक भ्रष्टाचार मुद्दामा दोषी ठहर
रामेछापको लिखु तामाकोशीका तत्कालीन अध्यक्ष खड्कालाई ६ महिना कैद र २ करोड जरिवाना
गैरकानूनी सम्पत्ति आर्जनको मुद्दामा सिंह दोषी ठहर