कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर

सफल खबर संवाददाता

आइतबार, १३ माघ २०८१, १६ : ०५
कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर

काठमाडौँ । पर्सास्थित नेपाल राष्ट्रिय मावि भीखमपुरमा बाल विकास सहजकर्ताको रूपमा कार्यरत पुनमदेवी कुर्मीलाई दोषी ठहर गरिएको छ । 

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको फैसला गरेको हो । 

कुर्मीले बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट माध्यामिक तह उत्तीर्ण भएको भन्दै प्रमाण पत्र पेस गरेर जागिर खाएकी थिइन् ।  नक्कली प्रमाणपत्र पेस गरी ०६६ असार १२ मा नियुक्ति भई सरकारी लाभ तथा सुविधा लिएको पुष्टि भएको भन्दै विशेष अदालतले ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस