एजेन्सी। गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ ।संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)की प्रमुख क्याथरिन रसेलले बुधवार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिएकी हुन् ।
‘पर्याप्त मात्रामा स्वच्छ पानीको पहुँच जीवन र मृत्युको विषय हो,’ युनिसेफकी कार्यकारी निर्देशक रसेलले भनिन्, ‘गाजाका बालबालिकाले थोपा–थोपा मात्र स्वच्छ पानी पिउन पाएका छन् । यसका कारण बालबालिका र उनीहरूका परिवारले असुरक्षित स्रोतहरूको पानी प्रयोग गरिरहेका छन् जुन अत्यधिक प्रदूषित छ । सुरक्षित पानीको अभावमा आगामी दिनमा अझ धेरै बालबालिका अभाव र रोगका कारण मर्नेछन् ।’
करिब १० हप्ताभन्दा बढी समयदेखि निरन्तर बमबारी भइरहेको घटनापछि मानवीय सतर्कता अपनाइएको हो । गाजा पट्टीको पानी उत्पादन, उपचार र वितरण सञ्जाललाई ठूलो असर पार्ने बमबारीबाट बच्नका लागि १४ लाखभन्दा बढी विस्थापित गाजावासीले प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएद्वारा सञ्चालित सुविधाहरूमा वा नजिकै आश्रय लिएका छन् ।
युनिसेफका अनुसार दक्षिणी राफा प्रान्तमा हालै विस्थापित बालबालिकासँग दैनिक डेढदेखि दुई लिटर मात्र पानी छ र स्वच्छ खानेपानीको सेवा ‘अवरूद्ध अवस्थामा’ छ ।
संयुक्त राष्ट्रसङ्घीय निकायले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बाँच्नका लागि मात्र दैनिक न्यूनतम तीन लिटर पानी आवश्यक पर्छ । पिउने पानीको अभावका कारण लाखौं विस्थापित भएका र तीमध्ये आधा बालबालिका पनि खाद्यान्न, आवास, औषधि र सुरक्षाको खाँचोमा छन् ।’
युनिसेफले बालबालिकामा झाडापखाला, रोग र कुपोषणको जोखिम बढी हुने भएकोले यस अवस्थाको असर विशेष गरी चिन्ताजनक रहेको चेतावनी दिएसँगै गाजामा आधारभूत पानी र सरसफाइ सेवा प्रदान गर्ने कम्तीमा ५० प्रतिशतसरसफाईका सेवाहरू पनि क्षतिग्रस्त वा नष्ट भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ पुस २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनकोशीको पानी पाँचखालमा, ६ हजार परिवारको घरघरमा धारा जोडिँदै
शुक्रबारबाट भित्रिँदैछ अर्को पानी पार्ने प्रणाली
बागमती नदीमा छाडियो मेलम्चीको पानी
एक बोतल पानी सय रुपियाँमा बेच्दा….
जारको पानीमा ४७ र बोतलको पानीमा १६ रुपैयाँभन्दा बढी लिन नपाइने
पानी बढी परेमा आपत्कालीन अवस्था लागू गर्न सुझाव