काठमाडौँ। निजी वायुसेवा कम्पनीहरूले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउन र विमानस्थलमा यात्रा गर्ने पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग गरेका छन् ।
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवालाई पूर्ण क्षमतामा चलाउने सम्बन्धमा सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा निजी क्षेत्रका वायुसेवा कम्पनीले वायुसेवा कम्पनीसँगै पर्यटकलाई समेत सहुलियत दिनुपर्ने माग गरेका हुन् ।
सोमबार मुख्यसचिव बैकुण्ठ अर्यालको उपस्थितिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन मन्त्री सुदन किराती र राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले नेपाल वायु सेवा निगम, निजी वायु सेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटेल व्यवसायी, पर्यटन व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधिसँग छलफल गरेका छन् ।
विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि मन्त्रालयले आवश्यक नीतिगत कामलाई अगाडि बढाउने निर्णय बैठकले गरेको छ । सो अवसरमा भैरहवा विमानस्थलका महानिर्देशक हंसराज पाण्डेले विमानस्थलको अवस्थाबारे जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ पुस २०८०, १६ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गौतमबुद्ध विमानस्थलमा आज तीन अन्तर्राष्ट्रिय उडान
गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै
भैरहवा विमानस्थलः उडान आन्तरिक, शुल्क अन्तराष्ट्रिय