मुलुकमा अब राजनीतिक स्थायीत्व हुने राष्ट्रपतिको विश्वास

सोमबार, १० पुस २०७४, ११ : ०८
मुलुकमा अब राजनीतिक स्थायीत्व हुने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमसको शुभकामना दिदै नेपालमा मनाईने हरेक चाडले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतीबीच राष्ट्रिय एकता तथा धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी विज्ञप्ति जारी गर्दै यो पर्वले सबै नेपालीबीच वन्धुत्व, प्रेम र एकताको भावना वढाइ शान्त समुन्नत नेपाल बनाउन प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने तथा यसबाट मुलुकमा राजनीतिक स्थायीत्व प्राप्त हुने विश्वास व्यक्त गर्नुभएको छ ।
आगामी दिनमा हुने मुलुकको विकास र समृद्धिमा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सके चौतर्फी प्रगती छिटो हुने राष्ट्रपति भण्डारीको विश्वास छ ।

 

 

प्रतिक्रिया दिनुहोस