काठमाडौँ । काठमाडौँ महानगरपालिकाले समाजमा विशिष्ट योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरेको छ । २९ औँ महानगर दिवसको अवसरमा महानगरपालिकाले राजधानीको सैनिक मञ्चमा विशेष समारोह गरी वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइतदेखि कलाकार, खेलाडी, इन्जिनियर, साहित्यकार लगायतलाई पुरस्कृत गरेको हो । यसरी सम्मानित हुनेमा प्राध्यापक वरिष्ठ नेत्र विशेषज्ञ सन्दुक रुइत, नायिका मनीषा कोइराला, साहित्यकार दुर्गालाल श्रेष्ठ जनकवि, ओलम्पियन वैकुण्ठ मानन्धर, स्टक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारी रहेका छन् ।
यसैगरी नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मिरा चौधरी, पूर्व कप्तान फुटबलर बालगोपाल महर्जन, क्रिकेटका पूर्व कप्तान पारस खड्का, कराँते खेलाडी एरिका गुरुङ, बास्केट खेलाडी क्याप्टेन सविना श्रेष्ठ र कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई सम्मान गरेको छ । उनीहरूलाई जनही एक लाख ५० हजार रुपियाँबाट पुरस्कृत गरेको हो । समारोहका प्रमुख अतिथि तथा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले उनीहरूलाई सम्मान पत्र प्रदान गरेका थिए ।
२०५२ सालमा तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरेको थियो । काठमाडौँ देशकै पहिलो महानगरपकालिकाको रुपमा स्थापित भएको अवसरमा प्रत्येक वर्ष मंसिर २९ मा महानगर दिवस मनाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले आजदेखि खाद्य गुणस्तर परीक्षण गर्ने
काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुख पाण्डेलाई कारवाही गर्न माग
एमालेलाई इमेलमा पठायो महानगरले जरिवानाको पत्र
काठमाडौं महानगरले आवासीय क्षेत्रका कवाडी व्यवसाय दर्ता/नवीकरण नगर्ने
काठमाडौँ महानगरले तीन ठाउमा साफ फाइनल एलइडी स्क्रिनबाट देखाउने